Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, फागुन २१ । नयाँ सत्ता गठबन्धनबाट आज तीन मन्त्रीले सपथ लिने भएका छन् ।

सत्ता गठबन्धनको बैठकले नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो ।

उनीहरूलाई आजै सपथ गराइने जानकारी दिइएको छ । नयाँ मन्त्रीहरूलाई तत्कालका लागि बिना विभागीय मन्त्री बनाउन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *