०२ कार्तिक, जनकपुरधाम। हिजो देखि सामाजिक संजालमा एउटा दृश्य खुबै भाईरल हुदैँ थियो। दृश्य जानकी मन्दिर नजिक रहेको तेलह पोखरीको थियो। त्यो दृश्यमा पोखरीमा रहेको फोहरको चर्चा सामाजिक संजालमा भईरहेको थियो। त्यो मार्मिक अवस्था देखेर जनकपुरको केहि युवाहरु ले पोखरी सफा गर्न गएका थिए। पोखरी बाट निकालिएको फोहर उनीहरुले रोडमा राखे पछि प्रहरीको हस्तक्षेप गरिएको थियो।

युवाहरुले शान्तिपूर्वक नगरपालिका र जनप्रतिनिधि बिरुद्ध प्रदर्शन गर्दै थिए। फोहर न्यूनीकरणका लागि मेयर आएर उनको कुरा सुनी दियोस यति मात्र मांग थियो। तर धनुषा जिल्लाको दसप प्रदिप छेत्री बीचमा आएर सिधै युवाहरुलाई हिर्काउन थाले र लाठी चार्ज गर्न थाले। लाठी चार्जको क्रम केहि संचारकर्मी DSP निर्दोष युवाहरुलाई पनि चोटपटक लागेको छ। DSP ले बिना कुराको अनुशन्धान गारी सामान्य कुरालाई लिएर झडपको माहोल बनेको थियो। लाठी चार्जको अनुमति दिनु भन्दा पहिले DSP साहबले एक पल्ट पनि सोच्नु भएन कि ति युवाहरु कुनै गलीको फटहा र कुनै नेताको कार्यकर्ता होइन ती युवाहरु कालेज पढ्ने विधार्थीहरु थिए। विधार्थीहरुले राम्रै काम गर्न गएकोमा DSP प्रदिप छेत्री आक्रोशमा ती युवाहरु माथि दमन गरॆका हुन्।
संचारकर्मी समेत घाईते भएका छन्। ती युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो। आज साझ करिब ५ बजे ती युवाहरुलाई निर्दोष भन्दै प्रहरी कार्यालय धनुषाले रिहा गरेको छ। DSP प्रदिप छेत्रीलाई हल्का विचार गर्नु पर्ने हो, मधेश आन्दोलनमा जसरी मधेशीहरुलाई निर्घात कुटपिट गरिएको थियो त्यसरी नै हरेक पटक प्रहरीद्वारा मधेशमा सामान्य कुराहरुका लागि अन्ताक्बादी झैँ व्यहवार गरिन्छ।
