०२ कार्तिक, जनकपुरधाम। आज बुधबार दिउँसो राजधानी र आसपासका क्षेत्रमा शक्तिशाली झट्का महसुस गरिएको थियो । अपराह्न ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका एक अधिकारीका अनुसार चीनसँग सीमा जोडिएको जिल्ला सिन्धुपाल्चोकमा ५.९ एमएलको भूकम्प गएको हो ।ती शक्तिशाली धक्काका कारण अहिलेसम्म कुनै पनि धनमालको क्षति वा भौतिक क्षतिको विवरण आएको छैन ।
