Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

सर्लाही, १५ फागुन । सर्लाहीको कौडेनामा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति हुलाकी सडकअन्तर्गत काैडेना गाउँपालिका–३ मा एचआर ५९ ए ०१३१ नम्बरको जिप र बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

मोटरसाइकलमा सवार रौतहट माधवनारायण–६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *