Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडाैँ, १४ फागुन । सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख राहत सहयोग प्रदान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय साहको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने/नबनाउने विषयमा विवादपछि भएको झडपमा प्रहरीको गोली लागि उनको मृत्यु भएको थियो । अस्पताललाई लिएर मेयर र अन्य राजनीतिक दलबीच विवाद हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *