Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन १४ गते ।

ग्यास सिलिण्डर विस्फोट हुँदा बारामा एकजना कामदारको मृत्यु भएको छ ।

घटनामा थप पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो निजगढ नगरपालिका– ७ स्थित निजगढ बजारमा सञ्चालनमा रहेको रोहित वर्कसप लेथमा कामदारले बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनामा निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय रेशम मगरको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।

उनका अनुसार घटनामा सोही नगरपालिका वडा–५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देमान, २० वर्षीय रितु रजत, ३५ वर्षीय भारतीय नागरिक राकेश जयसवाल, २० वर्षीय अरविन साह घाइते भएका हुन् ।

विभिन्न अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *