Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

ललितपुर, १४ फागुन । ललितपुरको महालक्ष्मीमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

आज बिहान महालक्ष्मी नगरपालिका–६ सानोगाउँमा बा. ३ ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२–०३४प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीय सुहायाङ राईको मृत्यु भएको हो ।

स्कुटर चालक राईलाई दुर्घटनालगत्तै इमाडोलस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *