Skip to main content

समाजिक फीड

विराटनगर, फागुन १४ गते ।

कोशी प्रदेशमा ठूलो संख्यामा वन सेवा तर्फ कर्मचारी माग भएको छ ।

प्रदेश लोक सेवा आयोग कोसी प्रदेश विराटनगरले वन सेवा तर्फ २२१ जना नयाँ कर्मचारी मागेको हो ।

सोमवार आयोगले सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा, जनरल फरेस्ट्री समूह, आधारभूत तह, वन रक्षक पदको लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त आह्वान गरेको हो।

वन रक्षक आधारभूत तहको खुला तर्फ १२८ जना कर्मचारी माग गरिएको छ।

त्यसैगरी आदिवासी जनजाति तर्फ ३४ जना, महिला ३३, दलित र थारु ६/६ जना, मधेसी, मुस्लिम र अपांगता भएका ५/५ जना नयाँ कर्मचारी भर्ना गर्न लागिएको आयोगले जनाएको छ।

त्यसको लागि आयोगले न्युनतम योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *