Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,
काठमाडौँ, १३ फागुन । काठमाडौँमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो । घरेलु मैदानमै भएको लिग–२ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासँगको दुवै खेलमा पराजित भएको थियो । नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *