Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

सुनसरी, १३ फागुन । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र गाँजा बरामद् भएको छ । आइतबार बराहक्षेत्र नगरपालिका–१ चतरामा को. १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको हो ।

९ वटा पोकामा गरी २७३ किलोग्राम गाँजा बरामद् भएको प्रहरीले जनाएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको एम्बुलेन्सभित्र गाँजा भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *