सामाजिक फीड-
जनकपुरधाम, फागुन ७ गते ।
काठमाडौंमा मधेशी युवालाई इण्डियन भन्दै दुर्व्यवहार गर्ने एकजना पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनी डिएसपी भने होइनन् ।
गत शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा वीरगञ्जका अंकित गुप्तालाई
आफू प्रहरीको डीएसपी भएको भन्दै धाकधम्कीसहित गालीगलोज गरेका थिए । गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।
दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो ।
श्रेष्ठले गुप्तालाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धम्क्याउने श्रेष्ठ प्रहरी नभएको दरबारमार्ग प्रहरीले जनाएको छ ।
Good job Nepal Police and Salute to Nepal Police