Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ६ गते ।

जनमतले समर्थन फिर्ता लिएपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिने भएपछि मधेश प्रदेश सभाले आज दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको छ ।

संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मत लिने भएकोले आज दिउँसो २ बजे बैठक आह्वाको पूर्व सूचना मधेश प्रदेशसभा सचिवालयले प्रकाशन गरेको हो ।

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार छ । अहिले पनि मुख्यमन्त्रीलाई प्रदेशसभाका दुई तिहाई बढी समर्थन छ । यधपी सरकारमा रहेको दल समर्थन फिर्ता लिए ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेशसभामा १०७ सांसदमा एमालेको २३, कांग्रेसको २२, जनता समाजवादी पार्टीको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ९, एकीकृत समाजवादीको ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक÷एक र एक स्वतन्त्र सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *