Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ४ गते ।

प्रहरी समायोजन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । प्रहरी कर्मचारी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्व पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समिति गठन भएको हो ।

समितिमा गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेका छन् ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणरप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति निकालेर प्रहरी कर्मचारी समायोजनसम्बन्धी काम सुरु भएको जानकारी दिएका छन् ।

‘‘पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजन सम्बन्धी कार्य थालनी भईसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ’ विज्ञप्ति उल्लेख छ ।

2 Responses

  1. संघिय मातहत नै रहनु पर्छ हामी नेपाल प्रहरी । के समायोजनले हामी नेपाल प्रहरीमा मिलनजस्यता ल्याउछ ल्याउदैन । पहिला प्रहरी ऐन ल्याउनुस अनि मात्र समायोजन । भोलि बिद्रोह हुन्छ हामीलाई नेताले आफ्नो गोठालो बनाउन हैन समायोजन ।

  2. समायोजनको साथै एशिया देशहरूको स्तरकै मापदण्डको तलब स्केल पनि नछुटाउनु होला अर्को कुरा भनेको प्रहरी संगठनलाई कुनै राजनैतिक वा अन्य बाट हस्तक्षेप हुनु भएन स्वतन्त्र निकायको विधान पास हुन पर्छ धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *