Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ३ गते ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य ३० यात्रु भने घाइते भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुष्टि गरे ।

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस शिवराज नगरपालिका–१ सुरही पुल नजिकै राति २ बजे सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ ।

मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्रै सनाखत भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *