Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जकपुरधाम, माघ २८ गते ।

काठमाडौंमा अनुहारको आधारमा ‘भैया’ भन्दै दुव्र्यबहार गर्ने बस चालक र सहचाकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा आइतबार चालक र सहचालक उपर जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि कसुर मुद्दा दायर गरेको हो ।

बसका सहचालक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका १६ बस्ने वर्ष २४ का विक्रम कार्की र चालक धादिंग त्रिपुरसुन्दरी गाउँपालिका ७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३२ तीनकुने बस्ने वर्ष २५ का शेकबहादुर पौडेलमाथि मुद्दा दायर भएको हो ।
गत माघ ७ गते काठमडौंको तीनकुनेमा पत्रकार राजकरण महतोलाई ‘भैया’ भन्दै बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात चालक तथा सहचाकले दुव्र्यबहार गरेका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम चालक र सहचालकविरुद्ध दर्ता भएको मुद्दा पत्रकार राजकरण महतोको जाहेरीले नेपाल सरकार वादी रहेको छ । निजप्रतिवादीहरु उपर मुलुकी अपराध संहिता १६० बमोजिम कारबाही दिलाई पाउँ भनि जाहेरी दर्खास्त परेको थियो ।

दर्ता भएको मुद्दामा प्रहरीको घटना मुचुल्कामा सहचालक प्रतिवादी विक्रम कार्कीको बयानमा आफूले दुव्र्यबहार गरेको झै झग्डा गरेको स्वीकार गरेका छन् । चालक शेक बहादुरले पनि सहचालकले गरेको दुव्र्यबहार घटनामा आफूले समर्थन जनाएको पनि स्वीकारेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

भेदभाव तथा अपमानजनक व्यबहार गरेको कसुर पुष्टि हुने भएकाले मुलुकी सहित २०७४ को दफा १६६ (१) बमोजिमको कसुरमा दफा १६६ को उपदफा (२) सजाय माग गरेको छ । यो कसुरमा ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना वा दुबै कारबाही हुन सक्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *