Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

विराटनगर, २८ माघ । विराटनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा पर्ने बरगाछीमा बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को. ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका उनलाई कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हाे । दुर्घटनापछि आक्रोसित भिडले ट्रकमा आगजनी गरेको थियो ।

आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *