सामाजिक फीड,
चितवन, २७ माघ । राैतहटबाट काठमाडाैँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा बा. प्र. ०१–००६ ख २००४ नम्बरको बस सडक छेउमा रोकिराखेको प्र. २-०३–००१ ख ७३१२ नम्बरको ट्रकसँग ठोक्किएको हो । घाइते हुने सबै बसका यात्रु हुन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । उनीहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।