सामाजिक फीड,
विराटनगर, २६ माघ । कोशी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा २ राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ४ महिना पुग्न लाग्दा कार्कीले सरकार विस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीमध्ये प्रदीपकुमार सुनुवारले स्वास्थ्य, रामकुमार खत्रीले उद्योग कृषि तथा सहकारी, नारायण बुर्जा मगरले खानेपानी, सिँचाइ तथा ऊर्जा र राजेन्द्र कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, इन्दिरा थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री र सुनिताकुमारी राम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफैँले राखेका छन् । नवनियुक्त मन्त्रीहरू सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम कांग्रेसका हुन् । त्यस्तै, माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन् ।