समाजिक फीड
जनकपुरधाम, माघ २६ गते ।
महोत्तरीमा एकजना साहुले ब्याजमा पैसा दिएका व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् ।
लेनदेन समबन्धी विवाद हुँदा धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित उमाप्रेमपुर बस्ने ४२ वर्षीय नरेश मण्डलमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक महेन्द्र खड्काका अनुसार गत माघ २३ गते पिपरा गाउँपालिका–६ बस्ने राम कुमार शर्माले मण्डललाई कुटेका हुन् ।
‘आफ्नै घरको सिमेन्टको पोलमा बाँधेर कुटपिट गरी रामकुमारले अमानवीय व्यवहार गरेको पाइएको छ,’ प्रहरी निरिक्षक खड्काले भने ।
उनका अनुसार घटनाको भोलिपल्ट शर्मालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको थियो ।
महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।