सिए रामचन्द्र पण्डित
जनकपुरमा बिना दर्ता वा इन्टरनेट तथा म्यानेजमेन्ट कन्सलटेन्सी दर्ता गरेर छ्यापछ्याप्ती अडिट अफिस संचालन गरेको पाइएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट अडिटरको लाइसेन्स नलिएकाहरुले पनि आफूलाई चार्टर्ड एकाउण्टेन्ट (सिए) भनेर ठगी गरिरहेका छन् ।
नयाँ अडिटरको लाइसेन्स नेपालबाट सिए पास गरेका र पेशागत प्रमाण पत्र लिएका व्यक्तिले मात्र लिन मिल्छ ।
यसरी व्यवसायीहरुलाई ठगेर झुठा अडिटरहरुले व्यपारीको फाइल लिने, व्यपारीहरुलाई अल्झाउने, भ्याट बिल बेच्ने, व्यपारीहरुलाई डर त्रास देखाउने, गलत अडिट रिर्पोट बनाउने र बिना जिम्मेबारी अडिट गर्ने गरेको पाइन्छ ।
त्यस्ता व्यक्तिहरुले दुई पैसा सस्तोमा काम लिने र पछि घुमाउरो पारामा व्यपारीहरुलाई फसाएर बढी पैसा ठग्ने गरेको देखिएको हो ।
केही नक्कली अडिटरलाई आइक्यानको सदस्यले जिल्ला प्रहरी कार्यालय जनकपुरमा उजुरी पनि गरेको पाइएको छ ।
तर, यस्ता गलत काम रोक्न र संवेदनसिल अडिट पेशालाई मर्यादित बनाउन सम्बन्धित निकाय (आन्तरिक राजश्व कार्याल, राजश्व विभाग, अडिटर संघ, जनकपुर उद्योग बाणिज्य संघ) आदि मौन भएको देखिन्छ ।
यस्ता गैर जिम्मेबार व्यक्तित्वबाट अडिट गराउँदा व्यपारीहरु फस्ने र राजश्व चुहावट हुने समेत खतरा देखिन्छ ।
तर गल्ती गर्ने त्यस्ता नक्कली अडिटर लाई कुनै कारवाही हुँदैन । किनभने त्यस्ता व्यक्तिले अडिट गरेको प्रमाण, व्यपारीहरुसंग केही हुँदैन । वास्तवमा त्यस्ता व्यक्तिहरुले तयार गरेको अडिट रिपोर्टमा त्यो व्यक्तिको हस्ताक्षर नै हुँदैन् ।
त्यसैले यस्ता नक्कली अडिटरबाट बच्न अडिट गर्न आफ्नो फाइल जसलाई व्यापारीले दिन्छ त्यस व्यक्तिको हस्ताक्षर आफ्नो अडिट रिपोर्टमा छ की छैन, आवश्यक नेपालको अडिट लाइसेन्स छ की छैन आदि कुराहरु राम्रोसंग जाँचबुझ गरी अनि मात्र आफ्नो फाइल दिनुपर्छ ।
यसरी व्यापारी नक्कली अडिटरसंग ठगिनबाट जोगिन सक्छ र जिम्मेवार व्यक्तिको हातमा फाइल पुग्न सक्छ ।
(सिए पण्डितको यो निजी विचार हो)