३१ असोज, जनकपुरधाम। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भौतिक विकासभन्दा मानव जीवन बचाउने विषय महत्वपूर्ण भएको बताउनुभएको छ ।
विश्व खाद्य दिवसका अवसरमा आइतबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको ‘भोक, खाद्य सम्प्रभुता विरुद्धको अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले नागरिकको सम्मानजनक जीवनयापनका लागि खाद्य सम्प्रभुता अपरिहार्य रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले देशको कृषि क्षेत्रको समग्र विकास गरेर देशको वर्तमान अवस्था परिवर्तन हुन नसक्ने बताउनुभयो ।
सो अवसरमा उहाँले जमिनको वर्गीकरण, व्यवस्थित सिँचाइ प्रणाली, उत्पादन र उत्पादकत्वमा बृद्धि, उन्नत बीउ, आधुनिक खेती प्रणाली र कृषिको यान्त्रिकीकरण आजको आवश्यकता रहेको बताउनुभयो ।