सामाजिक फीड-
जनकपुरधाम, माघ २५ गते ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको बताएका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।
देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको बताउँदै उनले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताए ।
संविधानको संरचनागत ढाँचा नै गलत भएकाले स्थानीय र प्रदेश सरकारले काम गर्न नसकेको उनको भनाइ छ ।
‘संघीय व्यवस्थामा संविधान अनुसार स्थानीय र प्रदेश सरकारहरुले आफ्नो अधिकार पाउन सकेका छैनन् । अधिकारबाट वञ्चित बन्नु पर्दा स्थानीय र प्रदेश सरकारले काम गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘संघीयतामा जनताहरुको हक अधिकार तथा समस्या हल गर्ने र समानुपातिक ढंगबाट विकास निर्माणको काम हुनु पर्ने हो । तर, त्यसो हुन सकेको छैन ।’