Samajik Feed – News Portal from Nepal

३१ असोज, जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी (विप्लव), सिके राउत नेतृत्वको जनता पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको आइतबार बताउनुभयो ।

यी राजनीतिक दललाई मूलधारमा ल्याउन र मुलुकमा शान्ति स्थापना गर्न कुनै कानुनमा संशोधन गर्नुपर्ने भएमा मन्त्रिपरिषद् बैठकले संशोधनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्री खाँणले स्पष्ट गरे । आज रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन सक्ने दलहरूले विभिन्न आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताको निःशर्त रिहाइ र विभिन्न मितिमा सरकार र उनीहरूबीच भएका सहमति कार्यान्वयनको माग गर्दै आएका छन् ।
त्यसैगरी, मन्त्रीले लोकतन्त्र र संविधानको रक्षा गर्दै संरक्षण, विकास र समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताए ।
उनले सबै नेपालीको जीवन सहज र सार्थक बनाउन, शिक्षा, स्वास्थ्य, रोजगारी र विकासको प्रत्याभूति गर्न गठबन्धन बनाएको दाबी गरे ।


उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै राजनीतिक दललाई आग्रह समेत गरे ।
गृहमन्त्री खाँणले वैशाखमा भएको स्थानीय निर्वाचनमा धेरै मत बदर भएको बताउँदै मतदाता शिक्षा कार्यक्रममा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *