Samajik Feed – News Portal from Nepal

३१ असोज, जनकपुरधाम। झापा क्षेत्र नं १ मा चुनावी गतिविधि बढेको छ । मंसिर २० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका दुई भारी उम्मेदवार उम्मेदवार हुने भएकाले झापा क्षेत्र नम्बर १ महत्वपूर्ण छ ।

यस क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा र एमाले स्थायी समिति सदस्य तथा पूर्व कानुनमन्त्री अग्नि खरेल चुनावी मैदानमा छन् । यस वर्ष यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि १५ र प्रदेश सभाका लागि १६ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *