Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, माघ २२ गते ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र पार्टी खोल्न सक्रिय भएको हुन सक्ने बताएका छन् ।

आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीको जिज्ञासामा उनले भने ‘पार्टी खोल्ने सुर होला ।

आधार बनाउन खोजेको होला, त्यसको लागि कोसिस गरेको होला’उनले संघीयता पहिलो पटक आएकाले बलियो बनाउन मिहिनेत गर्नु पर्ने बताए ।

जनतालाई प्रदेश सरकार आवश्यक हुनुपर्ने जस्तो अनुभूति हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

‘अहिले जनता के भन्न थालेका छन् प्रदेशका मन्त्रीले झण्डा हलाएर मात्र के हुन्छ रु काम त केहि भएन । जनताले के ठानोस् भने संघीयता आवश्यक छ, प्रदेश आवश्यक छ, स्थानीय तह आवश्यक छ । उनीहरुले राम्रो काम गरेको छ’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *