Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।

मधेश सरकार छाडेको जनमत पार्टी संघीय सरकार भने नछाड्ने भएको छ । आइतबार बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको जनमतको सचिवालय बैठकले संघीय सरकारमा रहिरहने निर्णय गरेको हो ।

गत माघ ११ गते मधेश सरकारबाट समर्थन फिर्ता लिँदै जनमत बाहिरिएको थियो । यसले जनमत संघीय सरकारबाट पनि बाहिरिने चर्चा चलेको थियो ।
संघीय सरकारमा जनमत पार्टीको संघीय तथा समान्य प्रशासन मन्त्रालय छ । जनमतकी अनिता साह समान्य प्रशासन मन्त्री छन् ।
अगामी जेठ १५ गते जनमतले काठमाडौंमै गणतन्त्र दिवसको अवसरमा आमसभा गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *