सामाजिक फीड,
काठमाडौँ, २१ माघ । साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आइतबारको खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि १–० गोलको जित हासिल गरेको हो ।
यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ । नेपालकी सेनु परियारले ५४ औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल भयो । यसअघि भएको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको थियो ।
यता, भुटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । नेपाल, बङ्गलादेश, भूटान र भारत सहभागी प्रतियोगितामा अङ्क तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् । नेपालले खेल माघ २३ गते भारतसँग खेल्नेछ ।