Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ २१ गते ।

मधेश प्रदेशसभा स्थापना भएको ६ वर्ष पुरा भएको छ ।

यसअवधिमा प्रदेशसभाको २७५ वटा बैठक बसेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार त्यसअवधिमा ३८६ घण्टा ३१ मिनेट ५६ सेकेन्ड बैठक चलेको छ ।

२०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

२०७९ असार ३२ सम्म प्रदेशसभाको ९ वटा अधिवेशनमा २२८ वटा बैठक बसेको थियो ।

दोस्रो कार्यकालमा भने २ वटा अधिवेशनमा ४७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

पहिलो कार्यकालमा प्रदेशसभाको ९ वटा अधिवेशनमा २२८ वटा बैठक बस्दा कुल ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड प्रदेशसभा सञ्चालन भएको थियो ।

दोस्रो कार्यकालको पहिलो वर्षमा भने प्रदेशसभाको २ वटा अधिवेशनमा ४७ वटा बैठक बस्दा ७५ घण्टा ३१ मिनेट बैठक चलेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *