सामाजिक फीड,
काठमाडाैँ, २१ माघ । जनमत पार्टीले सहमति भाँडिएकाले मधेश प्रदेश सरकारबाट बाहिरिएको जनाएको छ ।
आइतबार काठमाडौँ मध्यबानेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय बसेको सचिवालय बैठकमा प्रदेश सरकारबाट बाहिरिनुको कारण, संगठन निर्माण तथा परिचालनलगायत विषयमा छलफल भएको पार्टी प्रवक्ता शरद सिंहले जानकारी दिएका हुन् ।
जसपाद्वारा सहमति भाँडिएकाले मधेश प्रदेशबाट सरकारबाट आफूहरू बाहिरिएको प्रवक्ता सिंहले बताए ।
उनले संघीय सरकारमा सहभागिताको विश्लेषण र काम कारबाहीबारे पनि समीक्षा भइरहेको जनाए । साथै, संसदमा प्रभावकारी भूमिका खेल्नेबारे पनि छलफल भएको सिंहले बताए ।