सामाजिक फीड-
जनकपुरधाम, माघ १८ गते ।
जलेश्वर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन् ।
महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप यात्रा आरम्भ गरेको बताए ।
आफूहरु भुईंमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको उनको भनाइ छ ।
थापाले जनताको सवाल राजनीति मुद्धा बन्नु पर्ने बताए । किसानको युवाको रोजगारीको विषय, किसानको सिचाई समस्या, विद्यार्थीको पढाई अवस्था, स्वास्थ्य र खेतखलिहानको विषय राजनीति मुद्धा बन्नु पर्ने उनको जोड छ ।
मुलुकको विकासकालागि जनताको समस्या राजनीति मुद्धा बन्नु पर्छ, महामन्त्री थापाले भने ,‘झापामा हातिको त्रास । धनुषा महोतरीका किसान निलगाईको आतंकले समस्यामा परेको छ । किसानको खेतमा सिचाइको समस्या छ । तर यो समस्या विषयमा राजनीति छलफल हुदैन । छलफलमा यस्ता विषय उठाउन खोज्दा उठाउनै दिंदैन ।’ जनताले दैनिक भोगिरहेको समस्या बारे गठबन्धन सहितको राजनीति दलको प्राथमिकतामा नपरेको उहाले गुनासो छ ।
महामन्त्री थापाले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत यो सम्बाद कार्यक्रमले मद्दत गर्ने बताए । पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।