काठमाडाैँ, १८ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अमेरिकी राजदूत डीन आर थम्प्सनले आफ्नो देशको भ्रमणको निम्तो दिएका छन् ।
बिहीबार बालेनको कार्यकक्षमा भएको भेटका क्रममा राजदूत थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निम्तो दिएका हुन् । भेटका क्रममा मेयर साहले आपसी कार्यक्रमका रूपमा सूचना प्रविधिको तालिम चलाउन सकिने धारणा राखेका थिए ।
यससँगै उनीहरू विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्ने बालेनको धारणा थियो । उनले युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौँले काम गरिरहेकोसमेत जानकारी दिएका थिए ।