Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १८ माघ । युरोप पठाइदिने भन्दै ६ सयभन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई बालाजुमा युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका इमाडोल बस्ने ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको हो । युरोपियन मुलुकहरू माल्टा, पोल्याण्ड, क्रोएशिया, क्यानडालगायत देश पठाइदिने भन्दै लाखौँ ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्रले जानकारी दिएका छन् ।

पीडितहरूले उजुरी दिएपछि फरार रहेकोका उनलाई प्रहरीले बुधबार ललितपुरको पुल्चोकबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । थप अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *