Samajik Feed – News Portal from Nepal

समाजिक फीड

काठमाडौं, माघ १८ गते ।

सरकारी जग्गा हड्पेको प्रकरणमा व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट उनलाई बिहीवार पक्राउ गरेको हो।

पक्राउ परेका सांसद चौधरी नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीका भाई हुन् ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको उनीमाथि आरोप छ ।

सिआइवीले बासबारी सरकारी जग्गा प्रकरणमाअनुसन्धान गरिरहेको र सोही क्रममा अरुणलाई पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *