Samajik Feed – News Portal from Nepal

झापा, १८ माघ । झापाको दमकमा कुटपिट गरी श्रीमतीलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राई प्रहरीले पक्राउ गरेको हो ।

इलामको माङसेवुङका स्थायीवासी हाल दमक–७ श्रीपाली टोलमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

गएराति छिमेकीको घरमा जन्मदिनको भोज खाएर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *