काठमाडाैँ, १८ माघ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा. उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् डा. उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
आयोगमा यसअघि एक उपाध्यक्ष र ६ जना सदस्य रहने व्यवस्था थियो । तर, सरकारले हालै सदस्य थप गरी सात पुर्याउने निर्णय गरेको थियो। राैतहटका डा. उमाशंकर भारतको जेएनयूबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् ।