Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १७ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्याँसमा १५ रुपैयाँ वृद्धि गरिएको हो ।

निगमले बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र एलपी ग्याँसको मूल्य वृद्धि गरेको जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *