काठमाडौँ, १७ माघ । चार हजार घुस लिएको आरोपमा एक अमिनविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
जग्गा नापजाँच गरी लालपुर्जा दिलाउन सेवाग्राहीसँग घुस लिएको ढकालमाथि आरोप छ । गत पुष ११ गते अख्तियार बुटवलको टोलीले ढकाललाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अख्तियारले चार हजार रुपैयाँ नै बिगो माग गर्दै आरोपपत्र दायर गरेको हो ।