चितवन, माघ १७ । बागमती प्रदेशका पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ ।
बुधबार चितवनको गैँडाकोट–५ कालीगण्डकी चोकमा भएको दुर्घटनामा उहाँको निधन भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग.१ ख ८५४७ नम्बरको जन्ती बोकेको बसले ठक्कर दिएको थियो ।
गम्भीर घाइते ६७ वर्षीय पौडेलको भरतपुर अस्पतालमा निधन भएको हो । भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्थ्यो । नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।