वीरगञ्ज, १७ माघ । वीरगञ्जमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीको टोलीले वीरगन्ज–१६ का ६१ वर्षीय राजबली महतो, ४५ वर्षका मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका ५ बस्ने ३७ वर्षीय अवधेशप्रसाद पटेललाई पक्राउ गरेको हो ।
उनीहरूबाट १०० ग्राम खैरो हेरोइन बरामद् भएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।