समाजिक फीड
जनकपुरधाम, माघ १५ गते ।
नेपाली सेनाले वृक्षारोपण हेरालु पदका लागि ८ जना कर्मचारी मागेको छ ।
काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाका लागि सेनाले वृक्षारोपण हेरालु पदका लागि कर्मचारी माग गरेको हो ।
सेनाले सोमबार एक विज्ञापन जारी गर्दै कर्मचारी मागेको हो । वृक्षारोपण हेरालु पदका सामान्य लेखपढ गर्न सक्ने व्यक्ति भए पुग्ने सेनाले जनाएको छ।
बोट बिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको व्यक्ति र उमेर ५० वर्ष ननाघेको हुनुपर्ने सेनाले जनाएको छ।
वृक्षारोपण हेरालुको कार्यक्षेत्र बाराको जितपुर सिमरा उपमहानगरपालिका १४ र १७ नम्बर वडा तथा कोहल्वि नगरपालिका–५ र निजगढ नगरपालिका–५ हुने सेनाले जनाएको छ।
सामान्य शारीरिक जाँच तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने पनि सेनाले जनाएको छ।
करार सम्झौतामा भर्ना हुने वृक्षारोपण हेरालुको मासिक तलब १९ हजार ८०० रुपैयाँ हुनेछ।

एउटा जागिर खाए पछि आफूलाई घरमा अलि सजिलो हुनेथ्यो नखाँदा एक दम गारो भएको छ ।