समाजिक फीड
जनकपुरधाम, माघ १५ गते ।
नियमानुसार काम नगर्ने २२ वटा कम्पनीलाई एकैसाथ कालो सूचीमा राखेको छ। कालो सूचीमा पर्नेमध्ये अधिकांश निर्माण कम्पनीहरु छन्।
सडक निर्माण तथा विभिन्न सरकारी ठेक्काहरु अलपत्र पारेको पाइएपछि ती कम्नीहरुलाई कालो सूचीमा राखिएको हो ।
न्यूनतम १ वर्षदेखि अधिकतम् ३ वर्षसम्मका लागि ती कम्पनीहरुलाई कालो सूचीमा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
कालो सूचीमा पर्नेमा धनुषाको जनकपुरधाम–७ का नव निर्माण बिल्डर्स प्रालि, काठमाडौं महानगरपालिका–३२ को एसबीएम इन्जिनियरिङ एसोसियट्स, बन्दपुर–४ तनहुँको खड्गदेवी कन्स्ट्रक्सन र इलामको गजुरमुखी निर्माण कम्पनी प्रालि २ वर्षका लागि कालो सूचीमा परेका छन्।
त्यसैगरि भरतपुर–७ चितवनको लहोनी एन्ड ब्रदर्स प्रालि, कोहलपुर–११ बाँकेको जेके विल्डर्स, सान्नी त्रिवणी–४ कालिकोटको सर्मिला निर्माण सेवा र कीर्तिपुर–४ काठमाडौंको ओम गौरीशंकर इन्फंरास्ट्रक्चर प्रालि छन्।
यी कम्पनीलाई ३ वर्षका लागि कालो सूचीमा राखिएको छ। ललितपुर महानगरपालिका–१५ सातदोबाटोको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रालिलाई २ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको छ।
बन्दिपुर–४ तनहुँको खड्गदेवी कन्स्ट्रक्सनलाई अर्को ठेक्का पनि अलपत्र पारेको भन्दै थप १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको छ।
यस्तै, हेटौँडा–६ मकवानपुरको शिवालय बिल्डर्स, काठमाडौं महानगरपालिका–३२ को न्यू नेहा इन्टरप्राइजेज, धनगढी–८ कैलालीको बेहडाबाबा निर्माण सेवा र नयाँ बानेश्वर काठमाडौंको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई पनि १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको हो ।