बर्दिया, १२ माघ । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ।
हिजो साँझ जलेर गम्भीर घाइते भएका बारबर्दिया नगरपालिका–३ भुरीगाउँका ८० वर्षीय चेतानन्द शर्माको आज बिहान उपचारका क्रममा निधन भएको हो ।
आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर शर्माको शरीरका विभिन्न भाग जलेको थियो । गम्भीर घाइते उनलाई जिल्ला अस्पताल गुलरियाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पतालमा लगिएको थियो ।