Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ ११ गते ।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मधेश प्रदेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार भएको अख्तियारले ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रदेशका छात्रालाई वितरण गर्न गरिएको साइकल खरिदमा भ्रष्टार भएको ठहर गरेको हो ।

लगातार चौथो दिनको सुनुवाइपछि बिहीवार भएको विशेषको अन्तिम फैसलामा मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमलाल भुसाल र जलस्रोत, सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरकाका तत्कालीन प्रमुख भगवान झालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैद सजाय सुनाइएको छ ।

साथै दुवै जनालाई १०–१० हजार रुपैयाँ जरिवानाको पनि फैसला भएको हो ।

मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि खरिद भएका साइकलको गुणस्तरमाथि प्रश्न उठेको थियो ।

प्रदेशका छात्राहरूलाई विद्यालय जान भनी कम्पनी नखुलाई खरिद गरिएको साइकल खरिदमा १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारले दावी गर्दै मुद्दा दायर गरेपनि अदालतले त्यसमा आंशिक भ्रष्टाचार मात्रै ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको विषयमा एकै मितिमा दुईवटा मुद्दा दायर गरेको थियो। १८ साउन ०७९ मा ती मुद्दा दायर भएका थिए।

अर्को मुद्दामा भने प्रतविादी सबैले सफाइ पाएका छन् ।

बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरू उपसचिव दिलीपकुमार प्रधान, अधिकृत सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल र भगवान झालाई अर्को मुद्दामा प्रतिवादी बनाइएको थियो ।

उनीहरू चारैले मापदण्ड नपुग्दासमेत बदनियतपूर्ण भूमिका खेलेकाले मुद्दा चलाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *