समाजिक फीड
जनकपुरधाम, माघ ११ गते ।
प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई मधेश प्रदेशले पराजित गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेशले गण्डकीलाई १४५ रनले हराएको हो ।
मधेशले दिएको ३३६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १९० रन मात्रै बनाउन सक्यो।
गण्डकीका ईश्वर क्षेत्री र कमल परियारले २७÷२७ रन बनाए । कृष आयर २६, चन्द पौडेल २३, रोशन गौतम २२ रनमा आउट हुँदा समिर कँडेल र मुस्कान थापा १८÷१८ रनमा आउट भए।
मधेशका रञ्जित कुमारले ४ विकेट लिए। हरिशंकर शाहले ३ विकेट लिँदा प्रदीप पासवानको नाममा २ र राजेश यादवको नाममा १ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रन बनायो।
मधेशका अनिल साहले सर्वाधिक ११७ रन बनाए। पवन सर्राफ ४०, रुपेश सिंह ३२, मयांक यादव २७ रनमा आउट हुँदा अरनिको यादव ६३ र अभिषेक तिवारी २७ रनमा अविजित रहे।
गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिएर कृष्ण पौडेल र कमल परियारको नाममा १÷१ विकेट रह्यो। जितसँगै मधेश प्रदेश १० अंक सहित तेस्रो स्थानमा कायम भएको छ ।
बागमती ८ खेलबाट समान १० अंक जोडेर दोस्रो स्थानामा छ ।