समाजिक फीड
जनकपुरधाम, माघ ११ गते ।
मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका आनन्द प्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएकी छन् ।
निर्वाचित दुबैजना सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।
महिलातर्फ चौधरीले प्रदेशसभाको ७६ र स्थानीय तहका पदाधिकारीहरुको २०५ मत पाएका छन् भने
ढुंगानाले प्रदेशसभा सदस्यहरुको ६७ र स्थानीय तहका पदाधिकारीहरुको २०१ मत पाएका हुन् ।
ढुंगाना पाँचौ पटक र चौधरी पहिलो पटक सांसद जितेका हुन् ।
नेकपा एमालेबाट उम्मेदावर िदिएकी विजेता झा र उषादेवी थरुनी र जनमत पार्टीका रामशंकर महासेठ पराजित भएका छन् ।