समाजिक फीड
जनकपुरधाम, माघ ११ गते ।
मधेश प्रदेशमा दुई सिटका लागि सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनमा मतगणना सुरु भएको छ ।
जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला संस्कृति केन्द्रमा मतगणना भइरहेको निमित्त प्रदेश निर्वाचन अधिकारी नवीन चौधरीले जानकारी दिए ।
मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य र २६७ जना पालिका प्रमुख, उपप्रमुख गरी ३७४ जना मतदाता छन् ।
तीमध्यै प्रदेशसभा सदस्य अभिराम शर्मा बाहेक सबैले मतदान गरेका हुन् । दुई सदस्यका लागि मधेश प्रदेशबाट पाँच जना उम्मेदवार छन् ।
मधेश प्रदेशसमा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसबाट आनन्द प्रसाद ढुंंगाना र जसपाका पुजा चौधरी उम्मेदवार छिन् ।
त्यसैगरि नेकपा एमालेबाट विजेता झा र उषादेवी थरुनी उम्मेदवार छन् ।
जनमत पार्टीबाट रामशंकर महासेठ चुनावी मैदानमा उत्रिएका हुन् ।