Samajik Feed – News Portal from Nepal


समाजिक फीड
जनकपुरधाम, माघ १० गते ।

कपाली तमसुक दर्ता नगरेको भन्दै साहुहरुले महोत्तरीको औरही गाउँपालिका वडा नं. २ कार्यालयमा तालाबन्दी गर्दै सडक जाम गरेका छन् ।

महोत्तरीको औरही नगरपालिका २ बस्ने जग्दीश यादवले स्थानीय २३ जना साहुबाट ऋण लिएपनि फिर्ता नगरेको र उनका दाई वडाध्यक्ष दरेश यादवले कपाली तमसुक दर्ता नगरेको भन्दै साहुहरु आन्दोलनमा उत्रेका हुन् ।

कपाली तमसुक दर्ता गर्न नमानेको र लिएको मूलधन समेत दिन नखोजेको भन्दै साहुहरुले कार्यालयमा आज तालाबन्दी गर्दै औरहीमा जलेश्वर बर्दिबास सडक खण्डमा टायर बालेर प्रदर्शन गर्दै चक्का जाम गरेका हुन् ।

ऋणी जग्दीशले जिल्ला प्रशासन कार्यालयमा साहुहरु विरुद्ध अनुचित लेनदेन मिटरब्याज उजुरी दिएका छन् ।

तर, सावाँ फर्काउन भन्दा समेत नमानेको र वडा कार्यालयमा कपाली तमसुक दर्ता गरिदिन भन्दा वडाध्यक्षल नमानेकाले कार्यालयमा तालाबन्दी र सडक जाम गरेको साहुहरुले बताएका छन् ।


साहुहरुले हिजो मंगलबार नगरपालिकामा समेत कपाली तमसुक दर्ता गरि पाउँ भन्दै निवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *