समाजिक फीड
जनकपुरधाम, माघ १० गते ।
मधेश प्रदेशमा ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भएको भ्रष्टाचार समबन्धी आज अन्तिम फैसला आउने भएको छ ।
छात्रालाई वितरण गर्न गरिएको साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचार भएको भनी विशेष अदालतमा अख्तियारले ठहर गरी दायर गरेको मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ।
विशेष अदालतका न्यायाधीशहरु नारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा विगत तीनदेखि उक्त मुद्दाको सुनुवाइ चलिरहेको छ ।
अख्तियार दुरुपोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिव भुसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन जनकपुरका तत्कालीन सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल तथा ओम सत्यसाई प्रालि वीरगन्ज पर्सा र त्यसका प्रबन्ध निर्देशक रेनु अग्रवाल प्रत्येकसँग १० करोड ३३ लाख ७५८ बिगो मागदाबी गरि विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
त्यसमा प्रकरणमा उक्त बिगोको साथै जरिवाना र भ्रष्टाचार निवारण ऐन अन्तर्गत कैदको सजाय समेत माग दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो।
यस्तै, जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो र उक्त शाखाका खरिदार जीतमोहनकुमार दास विरुद्ध पनि मुद्दा दायर गरिएको थियो।
उनीहरु दुई जनाको हकमा भने भ्रष्टाचार निवारण ऐन अन्तर्गत कैद र जरिवाना मात्रै माग दाबी गरिएको थियो।
तत्कालीन प्रदेश सचिव भुसाल, सीडीई, सहलेखापाल, ओमसत्य साइ प्रालि वीरगञ्ज पर्साका प्रबन्ध निर्देशक रेनु अग्रवाल सहित ६ जना र उक्त संस्थामाथि गैरकानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको भन्दै २०७९ साउन १८ गते विशेष अदालतमा अख्तियारले आरोपपत्र दायर गरेको गरेको थियो।
कम्पनी नखुलाई साइकल किनेर ३ महिनादेखि गोदाममा राखिएको भन्दै परेको उजुरीमाथि अनुसन्धान हुँदा नेपाल सरकार तथा प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवं हानि नोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले उल्लेख गरेको थियो।