काठमाडौँ, १० माघ । काठमाडाैँका गेष्टहाउसबाट दुई नाबालिकालाई प्रहरीले उद्धार गरेको छ । जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्टहाउसमा विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाइएका दुई बालिकाको मानव बेचबिखन अनुसन्धान ब्युरोले उद्धार गरेको हो ।
नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा क्याफे र गेष्टहाउस सञ्चालक धनकुटा घर भई काठमाडौँको जडिबुटी बस्ने ३६ वर्षीया आशा लामा भन्ने लालमाया तामाङलाई पक्राउ गरिएको छ ।
नाबालिकालाई विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको आरोपमा उनलाई पक्राउ गरिएको एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् । यसमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको छ ।