समाजिक फीड
जनकपुरधाम, माघ ९ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवमाथि विभिन्न आरोप लगाउँदै जनमत पार्टीका मन्त्रीहरुले प्रदेश सरकारबाट राजीनामा दिएका छन् ।
जनमत पार्टी संसदीय दलका नेता समेत रहेका शिक्षा था संस्कृतिमन्त्री महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्द सिंहले मंगलवार साँझ मधेशभवनस्थि निवासमै पुगेर मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाइसकेपछि प्रेस विज्ञप्ती जारी गर्दै जनमत संसदीय दलका नेता यादवले किसान आन्दोलनको मुद्दालाई सम्बोधन गर्ने, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवमा जनताको स्तर उकास्न समर्थन दिएको तर जनमन पार्टीका मन्त्रीले किसानकको लागि सकरात्मक कामहरु गरी लोकप्रिय भइरहेको बेला मन्त्रालय खोसेर जनमत पार्टीका मन्त्रीलाई बिना विभागीय बनाइएको बताएका छन् ।
उनले सरकारकै निर्देशनमा प्रहरीले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यासको क्रममा जनमतका सांसद एवं मन्त्रीमाथि लाठी चार्ज गर्न लगाइ घाइते बनाएको र क्रुर तानाशाही कदम चालेको हुनाले पार्टीका मन्त्रीले राजीनामा दिएको बताएका हुन् ।
प्रेश विज्ञप्ती
